बोदेबरसाइन नगरपालिकाका नगर प्रमुखसहित आठ जनाले पाए सफाइ

  Sampatti News

March 6, 2024

काठमाडौँ । विशेष अदालतले सप्तरीको बोदेबरसाइन नगरपालिकाका नगरपालिकाका प्रमुखसहित आठ जनालाई सफाइ दिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहसहित आठ जनामाथि १३ भदौ ०८०  मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, प्रमुख आतेशकुमार सिंह, पशु विकास अधिकृत (अधिकृत छैटौँ) अर्जुनप्रसाद यादव र कृषि समूहका सदस्यसहित आठजनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् ।

सुरु नै नभएको आयोजनाको स्थलगत अनुगमनदेखि कार्यसम्पन्न प्रतिवेदन बनाएर नगरपालिकाबाट झुटा बिलका आधारमा १४ लाख ७२ हजार रुपैयाँ भुक्तानी दिलाएको दाबीसहित आयोगले अदालतमा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार अन्तिम फैसला सुनाउँदै सबैलाई सफाइ दिएको अदालतले जनाएको छ ।

प्रकाशित मिति:March 6, 2024