बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटरब्याजपीडित पक्राउ

Nepal Cover
२३ फाल्गुन २०८०, बुधबार
image

काठमाडाैं । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटरब्याजपीडित पक्राउ परेका छन्। प्रहरीले बालुवाटारबाट २० जनाभन्दा बढी प्रदर्शनकारीलाई बालुवाटारको तीन नम्बर गेटबाट पक्राउ गरेको हाे।

बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा मिटरब्याजपीडितलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । प्राप्त जानकारी अनुसार बालुवाटर वरपर प्रदर्शन गरेपछि  नियन्त्रणमा लिइएको हो । देशका विभिन्न जिल्लाबाट मिटरब्याजपीडितले काठमाडाैंकेन्द्रित प्रदर्शन जारी राखेका छन्।
 
पक्राउ परेको उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।