एकीकृत समाजवादी २ मन्त्रीसहित सरकारमा जाने

  Sampatti News

March 6, 2024

काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ ।

बुधबार दिउँसो केन्‍द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एकीकृत समाजवादी उपमहासचिव डा. विजय पौडेलले बताए । एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको उनको भनाइ छ। सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्कोमा शहरी बिकास मन्त्रालय पाउने भएको छ।

पौडेलले सचिवालय बैठकमा नयाँ गठबन्धनमा मिसिँदै सरकारमा जानेबारे छलफल भइरहेको छन्। यसअघि नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन सरकारमा पनि समाजवादीले २ मन्त्री र १ राज्यमन्त्री लिएको थियो।

तत्कालीन गठबन्धन सरकारमा बेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक मन्त्री थिए। उता नन्दा चपाईँ भौतिक राज्यमन्त्रीको भूमिकामा थिइन्। मंगलबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोटेश्वरमा पुगेर समाजवादी अध्यक्ष नेपालसँग २ घण्टा वार्ता गरेका थिए।

उक्त वार्तामा भएको सहमतिअनुसार समाजवादीले बुधबार सचिवालय बैठक राखेर नयाँ गठबन्धनमा सामेल हुँदै सरकारमा पनि जाने निर्णय लिएको हो।

प्रकाशित मिति:March 6, 2024