गृहसहित रास्वपाले टुंग्यायो ४ मन्त्रीका नाम, कसको भागमा के ? 

  Sampatti News

March 6, 2024

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

रास्वपाले गृहमन्त्रालयमा सभापति रवि लामिछाने, श्रम मन्त्रालयमा उपसभापति डोलप्रसाद अर्याल (डिपी), युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रालयमा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।

प्रकाशित मिति:March 6, 2024