जसपा तत्काल सरकारमा सहभागी नहुने

Nepal Cover
२३ फाल्गुन २०८०, बुधबार
image

काठमाडौं । जनता समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ । बालुवाटारमा बसेको गठबन्धन बैठकमा कुरा नमिलेपछि जसपाले तत्काल सरकारमा नजाने निर्णय गरेको हो।

आफूहरू छलफलमै रहेको र निष्कर्षमा पुगिसकेको जसपा अध्यक्ष उपन्द्र यादवले बताए। मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने जसपाले जनाएको छ।

बालुवाटारबाट फर्केपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएका छन्।