‘राप्रपा कुनै पनि गठबन्धनमा सहभागी हुँदैन’

  Sampatti News

March 6, 2024

भरतपु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो पार्टी कुनै पनि गठबन्धन र सरकारमा सहभागी नहुने स्पष्ट गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले राप्रपा आन्दोलनमा जाने घोषणाका साथ अघिबढेकाले पार्टी अहिले त्यसैमा केन्द्रित रहेको बताए ।

उनले भनेऽ “हामीले आन्दोलनको घोषणा गरिसकेका छौँ । चैत १६ गतेदेखि हाम्रो आन्दोलन सुरु हुन्छ । हामी कुनै पनि गठबन्धनको सरकारमा नजाने निर्णयमा अडिग छौँ ।”   

फरक प्रसङ्गमा उनले मिटरब्याजपीडित, महिला, गरिब किसानका पक्षमा सरकारले काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति:March 6, 2024