लागुऔषधसहित एक युवक पक्राउ

  Sampatti News

March 7, 2024

काठमाडौँ । लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–८ घर भएका २४ वर्षीय सागर थापा रहेका छन् । उनलाई प्रहरीले बुधबार काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा लागुऔषधसहित नियन्त्रणमा लिएकाे हाे ।

उनीलाइ नियन्त्रणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति:March 7, 2024