निजामती ऐनले कर्मचारीको आत्मसम्मान बढाउछ: मन्त्री जोशी

  Sampatti News

March 7, 2024

काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले कर्मचारीले आत्म सम्मान महसुस गर्ने गरी संघीय निजामती सेवा ऐन ल्याउने बताएका छन् ।

सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहणसँगै पत्रकार सँग गरेको कुराकानीका क्रममा मन्त्री जोशीले सबै क्षेत्रका कर्मचारीले आत्म सम्मान भएको महसुस गर्ने गरी ऐन ल्याउने बताएका हुन् । अनुभवी कर्मचारीहरूको सुझाव सल्लाह लिएर अघि बढ्ने बताउँदै सरोकारवाला सवैपक्षहरुसँग छलफल गरी कर्मचारीका गुनासाहरूलाई सम्बोधन गरिने मन्त्री जोशीको भनाई छ ।

प्रकाशित मिति:March 7, 2024