स्वास्थ्य सचिव गुरागाईंले लिइन् अवकाश

Nepal Cover
२५ फाल्गुन २०८०, शुक्रबार
image

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले उमेर हदका कारण पदबाट अवकाश लिएकी छन्।

उनको अवकाश बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो ।

गुरागाईं २०७८ माघदेखि स्वास्थ्य मन्त्रालयमा सचिव थिइन्।

२०५१ सालमा प्राविधिक सहायकबाट जागिर सुरु गरेकी उनी २०५४ सालमा अधिकृत, २०६५ सालमा उपसचिव र त्यसपछि ११ महिनामै सहसचिव भएर काम गरेकी थिइन् ।