पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. पोखरेल

  Sampatti News

March 8, 2024

काठमाडौं । सरकारले पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा चिकित्सा शास्त्र संकायका डीन डा.शैलेषमणि पोखरेललाई नियुक्त गरेको छ ।

पोखरेललाई रिक्त उपकुलपति पद पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्नका लागि उपकुलपति नियुक्ति गरिएको हो ।

ऐन अनुसार विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले तोक्ने व्यवस्था छ ।

प्रकाशित मिति:March 8, 2024