यी हुन् सरकारले राजपत्रमा नाम प्रकाशित गरेका दुई हजार ६७४ शहीद (सूचीसहित)

  Sampatti News

March 8, 2024

काठमाडौं । सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।

विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरुलाई सम्मान स्वरुप गत पुष २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेकोमा दुई महिनापछि उक्त नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

यस अघि पनि नेकपा (माओवादी केन्द्र)कै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकै सरकारले एक वर्ष अघि गत फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका आठ हजार ४६७ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको थियो ।

दुई पटकमा गरेर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले ११ हजार १४१ जना विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदको नामावली राजपत्रमा प्रकाशित गरेको छ ।

प्रकाशित मिति:March 8, 2024