२० हजार रूपैयाँ घुससहित दुई प्रहरी पक्राउ

Nepal Cover
२८ फाल्गुन २०८०, सोमबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी कान्तिबजार, महोत्तरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र वरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झालाई घुससहित पक्राउ गरेको छ । 

सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उक्त रकमसहित महोत्तरीको गौशाला नगरपालिका वडा नं. १२ स्थित गैरीटोलबाट आइतबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बर्दिबासबाट खटिई गएको अख्तियारको टोली उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ ।