राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भए एकले भन्छ पार्टीको ह्याङओभर हुँदैन अर्कोले भन्छ सभाको गरिमा घटाउने काम गर्दैन

  Sampatti News

March 11, 2024

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भए नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल भन्छ पार्टीको ह्याङओभर हुँदैन, नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले भन्छ सभाको गरिमा घटाउने काम गर्दैन बताउनुभएको छ ।

उहाँले आफू राष्ट्रपतिबाट मनोनीत सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रूपमा नरहेको उल्लेख गर्नुहुँदै कानुन अनुरूप चल्नुपर्ने कुरामा मानसिक रूपमा तयार भएको बताउनुभयो ।

राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरूपको स्तरमा पुर्‍याउन आफ्नो भूमिका हुने जानकारी दिनुभयो । उहाँले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरूलाई एकताबद्ध बनाएर लैजाने पनि बताउनुभयो । दाहालले तत्काल बनाउनुपर्ने कानुनहरूमा ध्यान दिइने बताउनुभयो । कतिपय अपूरा कामहरू छन्, त्यसलाई पूरा गर्ने कुरा । विशेषगरी अहिले तत्काललाई केही विधेयकहरू पास गर्नु छ । कानुनहरू बनाउनु छ । त्यस विषयमा गम्भीरताका साथ छलफल पनि भइराखेकै छ । पहिले त्यता ध्यान दिनेकुरा भइहाल्छ । राष्ट्रिय सभाप्रति अहिले बुझाइ जुन ढङ्गको छ नि, संविधानमा लेखेको विषय र राष्ट्रिय सभालाई बुझ्ने कुरामा जुनखालको अन्तरजस्तो देखिएको छ, त्यसकारण राष्ट्रिय सभालाई संविधानत्व जे उल्लेख गरिएको छ ।,’’ उम्मेदवार दाहालले भन्नुभयो, ‘‘जुन मान्यताका साथ राख्न कोसिस गरिएको छ, त्यो स्तरमा राष्ट्रिय सभामा पुर्‍याउनुपर्छ भन्ने मलाई लागिराखेको छ । तेस्रो कुरा, समृद्ध नेपाल निर्माणको कुरा आइराखेको छ । त्यसको निम्ति चाहिने राजनीतिक सवाल हुन सक्छन् । त्यसमा सबै राजनीतिक दलहरूसँग मिलेरै एकताबद्ध भएर, राजनीतिक दललाई साथमा लिएर जाने कुरा हुन्छ ।’’

त्यस्तै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले पदको उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै उम्मेदवार शर्माले आफू निर्वाचित भएमा सभाको गरिमा बढाउने काम गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘लोकतन्त्रमा जित, हार बेग्लै कुरा हो । तर लोकतन्त्रमा कसैको हारपनि हुन्न । कसैको जित पनि हुन्न । सबै हार्छन् । सबै जित्छन् । लोकतन्त्रको सुन्दर पक्ष हो चुनाव । को हार्छन् को जित्छन् महत्त्वपूर्ण होइन । मेरो धेरै लामो राजनीतिक यात्रा छ । शिक्षाको हकमा पनि म अरूभन्दा कमजोर छैन । मलाई लाग्छ कि म भइदिएको खण्डमा मैले यसको गरिमा बढाउने नै काम गर्ने थिएँ । घटाउने काम गर्ने थिइन । संसदीय नियममा रहेरै काम गर्ने थिएँ । संसद् नियमावली अनुसार नै अगाडी बढाउने थिएँ सभालाई ।’’

उम्मेदवार शर्माले कांग्रेस सांसद आनन्दप्रसाद ढुङ्गानाको प्रस्ताव र कांग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

प्रकाशित मिति:March 11, 2024