एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित

Nepal Cover
२८ फाल्गुन २०८०, सोमबार
image

पोखरा । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशन अन्तर्गत आइतबार राति सकिएको मतगणना अनुसार उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले हराएर विजयी भएका हुन् । थापाले २८० मत पाउँदा नेपालीले २०५ मत ल्याए ।

एमाले गोरखाको आठौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले पराजित गरेका हुन्।

सचिवमा ३५३ मत ल्याएर काजीराम रोका विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत पाए। उपसचिवमा खुलातर्फ मनोज जोशी विजयी भए। उनले २६५ मत प्राप्त गर्दा अर्का प्रत्यासी विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत ल्याए।

महिला उपसचिवमा शान्ति चापागाईं विजयी भइन्। उनले ३२० मत प्राप्त गर्दा नानीमाया थापाले १५० मत पाइन्। अधिवेशनमा ५११ मत खसेको नेकपा (एमाले) गोरखाले जानकारी दिएको छ।