बोहराको हत्याको कारण सेक्सुअल ह्यारेसमेन्ट

Nepal Cover
२७ श्रावण २०७७, मंगलवार
image

काठमाडौँ । गोंगबुमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण यौन भएको खुलेको छ। प्रहरीका अनुसार हत्याको कारण सेक्सुअल ह्यारेसमेन्ट रहेको छ।


पक्राउ परेकी महिला कल्पना शाहीले बोहराले आफूलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’गरेकाले हत्या गर्न बाध्य भएको बयान दिएकी छन्। उनले बोहरालाई सुरुमा अण्डकोषमा हम्मरले हानेर हत्या गरेको बताएकी छन्। अण्डकोषमा चोट र नीलडामसमेत देखिएको प्रहरीले जनाएको छ।

हम्मरले हानेर मारिसकेका बोहोराको घाँटी र खुट्टा काटेको शाहीले बयान दिएकी छन्। उनले सुटकेशमा लाश नअट्ने भएपछि काट्नु परेको प्रहरीलाई बयान दिएकी छन्। घाँटी र खुट्टा काटेपछि सुटकेश र जेब्रा झोला राखेर शव व्यस्थापन गरिएको थियो।