बागमती प्रदेश सभा बैठक बस्दै

  Sampatti News

March 12, 2024

मकवानपुर । आज बागमती प्रदेशसभा बैठक बस्दै छ । बैठक दिउँसो ३ः०० बजे बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

प्रदेशसभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

प्रदेशसभा बैठक अघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले प्रदेशसभाको अन्य कार्यसूची तयार पार्ने प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति:March 12, 2024