काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा बाँकेको राँझास्थित सब-डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध मुद्दा दायर गरिएको हो ।
अख्तियारको टोलीले वन अधिकृत नारायणलाई ७ हजार घुससहित नियन्त्रणमा लिएको थियो। सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकाले उनीविरुद्ध आज आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
वन अधिकृत पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो ।