नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

Nepal Cover
२९ फाल्गुन २०८०, मंगलवार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा तनहुँको बालमन्दिर माध्यमिक विद्यालयकी सुनिता उपाध्याय पौडेलविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

पौडेलले भारतको वाणारसीबाट हाइस्कुल तह उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा काम गरिरहेकी थिइन्। तर उक्त प्रमाणपत्र नक्कली भएको पाइएकोले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम नक्कली प्रमाणपत्र पेश गरी अवैध लाभ उठाएको कसुरमा मुद्दा दायर गरिएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।