राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

  Sampatti News

March 13, 2024

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर ९ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै आगामी आर्थिक वर्ष २०८१/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने कार्यसूची छ ।

प्रकाशित मिति:March 13, 2024