तत्कालीन वडाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News

March 13, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका वडा नं. ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा सल्यानको शारदा नगरपालिका-३ का तत्कालीन वडाध्यक्ष थापाविरुद्ध मुद्दा दायर गरिएको हो ।

थापाले अस्तित्वमा नै नभएको मान्छे, आफ्नो आमा भएको जनाउँदै वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार थापाविरुद्ध जरिवाना र कैद सजाय माग माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

प्रकाशित मिति:March 13, 2024