राष्ट्रपतिद्वारा नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ

  Sampatti News

March 13, 2024

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति कार्यालय, आज आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई शपथ गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:March 13, 2024