तीन प्रदेश प्रमुखले लिए राष्ट्रपतिसमक्ष शपथ

  Sampatti News

March 14, 2024

काठमाडौँ । सत्ता गठबन्धन फेरिएपछि नियुक्त भएका तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा भएको एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिएका हुन् ।

शपथ लिनेमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ, मधेश प्रदेश सुमित्रा भण्डारी सुवेदी र गण्डकी प्रदेशमा डिल्लीराज भट्टले रहेका छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो ।

उनीहरूलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको थियो ।

प्रकाशित मिति:March 14, 2024