मनि ट्रान्सफरका सञ्चालकमाथि गोली चलाउने समूहका तीन जना पक्राउ

  Sampatti News

March 15, 2024

रौतहट ।मनि ट्रान्सफरका सञ्चालकमाथि गोली चलाउने समूहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेकाे छ । रौतहटमा शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको बताइन् । हामीले गोली चलाउने समूहका तीन जनालाई पक्राउ समेत गरेका छौं । थप अनुसन्धान हुँदैछ’ ।

पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेका अहिले नै सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति:March 15, 2024