सुन जाँचबुझ आयोगको प्रतिवेदनबारे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

  Sampatti News

March 15, 2024

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रवार साँझ पाँच बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सुनकाे अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयाेगकाे प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिने तयारी भएकाे छ ।

सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।

प्रकाशित मिति:March 15, 2024