कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

Nepal Cover
२ चैत्र २०८०, शुक्रबार
image

काठमाडौँ । नेकपा एमालेकी सचेतक सुनिता बराल प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएकी छन् ।

यसअघि एमालेको तर्फबाट पदम गिरी कार्यव्यवस्था परामर्श समिति सदस्य थिए । उनी कानूनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।

सभामुख देवराज घिमिरेले बराल सदस्यमा मनोनीत भएको शुक्रबारको प्रतिनिधि सभाको बैठकमा जानकारी गराएका छन् ।