नेता मोहनका बुवाको मलामी १५ सय बढी, दाहसंस्कार पछि मंगलबार कोरोना पुष्टि

  Sampatti News

August 12, 2020

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्‍नेतका बुवाको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको छ। गत साउन २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको थियो।

उनको अन्तिम संस्कार भइसकेपछि म‌ंगलबार कोरोना पुष्टि भएको हो। उपचारका क्रममा तीन दिनसम्म शिक्षण अस्पतालको आइसीयुमा रहेका बस्नेतको मिर्गौलाको समस्याको कारणले मृत्यु भएको जानकारी आफन्तले दिएका थिए।

मृगौलाको समस्याबाट मृत्यु भएको अस्पतालले बताएपछि उनको शव गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे ल्याइएको थियो। धार्मिक परम्पराअनुसार गरिएको अन्त्येष्टिमा १५ सयभन्दा बढी सहभागी भएको बाह्रबिसे नगरपालिकाले जनाएको छ।

उनको कोरोनाबाट मृत्यु भएको पुष्टिसँगै आज कन्ट्याक ट्रेसिङ हुने भएको छ। जिल्ला स्वास्थ कार्यालय प्रमुख दुर्गादत्त चापागाईँले मलामी गएकाहरूको खोजी हुने जानकारी दिए।

प्रकाशित मिति:August 12, 2020