सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक व्यक्ति पक्राउ

  Sampatti News

March 18, 2024

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक व्यक्ति पक्राउ परेका छन् ।

सोमबार (आज) दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

आज सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।

प्रकाशित मिति:March 18, 2024