दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ

  Sampatti News

March 19, 2024

काठमाडौँ । दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।

 विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र मोस्टवान्टेड सूचीमा रहेका भारत बिहार सीतामढी सैयाराग्रामका सन्नीकुमार सिंहर मोतीहारी गंगापिपराका जितेन्द्र राउतलाई गएराति बरहथवा नगरपालिका–६ बाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट ९– एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद गरेको जनाइएको छ ।

प्रहरीले उनीहरूलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । दुवै खुट्टामा गोली लागेका राउतको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने सिंहको अवस्था सामान्य छ ।

प्रकाशित मिति:March 19, 2024