काठमाडौं ।विभिन्न एप्लीकेशनमार्फत् अनलाई जुवा खेलाउने चार जनालाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
पक्राउ परेकाहरूमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० की २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–८ की २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडाकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका–१ का २८ वर्षीय तेम्बा लामा रहेका प्रहरीले जानकारी दिएको छ।
उनीहरूले क्यासएप र फायरक्रिन एप्लिकेशन लगायतबाट अनलाइन जुवा खेलाउने गरेका खुलेको छ। अनलाइन जुवा खेलाउन उनीहरूले प्रयोग गरेका ५ थान ल्यापटप र ११ थान मोबाइल पनि प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि अनुसन्धान हुँदैछ।