आज गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस

  Sampatti News

March 20, 2024

सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक, पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली कांग्रेस तथा अन्य विभिन्न संघसंस्थाले उनको स्मृतिमा देशका विभिन्न स्थानमा र विदेशमा रहेका नेपालीहरुले पनि विधिध कार्यक्रम गरी मनाउदै छन् । निडर र दुरदर्शि नेताका रूपमा चिनिने ‘गिरिजाबाबु’ को २०६६ साल चैत ७ गते निधन भएको थियो । वि.स. १९८१ मा कोइरालाको जन्म भएको थियो ।

विराटनगर जुट मिलमा मजदूरको रुपमा रहेर त्यहींबाट नेपाली राजनीतिको नेतृत्व गरेका गिरिजाप्रसादको नेतृत्वमै २०६२–६३ को आन्दोलन सफल भएको थियो । १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गिरिजाबाबुले नै गरेका थिए । संवैधानिक राजतन्त्रको पक्षमा रहेको काँग्रेस पार्टीलाई उनी पार्टी सभापति हुँदा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजान सफल भएका थिए ।

प्रकाशित मिति:March 20, 2024