काठमाडौँ । रुस र युक्रेनबीच जारी युद्धमा थप तीन नेपालीले ज्यान गुमाएका छन् । उनीहरुको मृत्युबारे अनौपचारिक माध्यमबाट यसअघि सूचना आए पनि पुष्टि हुन सकेको थिएन ।
मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको छ । मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् ।
रुसले पठाएको सूची
१. टीकाबहादुर राना मगर, तेह्रथुम
२. जितबहादुर पुन मगर, दाङ
३. अभिषेक बुढा, दाङ
४. चन्द्रबहादुर बीसी, बाँके
५. घनश्याम शाही, मोरङ
६. प्रेमबहादुर कठायत, अछाम
७. खोमबहादुर भुजेल, ओखलढुंगा
८. विमलकुमार गजमेर, धनुषा
९. प्रेमप्रकाश न्यौपाने, नवलपरासी
१०. भीमबहादुर बीसी, नवलपरासी
११. क्षितिज बस्नेत, खोटाङ
१२. सोमेश सुनुवार, प्यूठान
१३ विकास राई, प्यूठान
१४. विजयबहादुर थोकर, मकवानपुर
१५. जितेन्द्रबहादुर घिसिङ, मकवानपुर