सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

  Sampatti News

March 20, 2024

काठमाडौं ।आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख २४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:March 20, 2024