मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

  Sampatti News

March 20, 2024

काठमाडौं । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका–१ भेडाटोलमा बस्दै आएका ब ६० वर्षीय बमबहादुर लिम्बुले पत्नी ४५ वर्षीया गीता लिम्बुको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् ।

प्रहरीका अनुसार पत्नीलाई दाउले प्रहार गरेका लिम्बूले सोही दाउले आफ्नो घाँटी पनि रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

घरायसी विवादका कारण हत्या र आत्महत्याको घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएका छन् । ‘श्रीमान्-श्रीमती पहिलेदेखि झगडा गर्थे रे’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानले हत्यापछि आत्महत्या गरेको देखिन्छ। तर घटनाबारे अनुसन्धान जारी छ। उनीहरू दुवैको दोस्रो विवाह हो ।

उनले ६ वर्षिय छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भने भागेर ज्यान जोगाएका थिए ।

प्रकाशित मिति:March 20, 2024