इलाम उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

  Sampatti News

March 20, 2024

इलाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले इलाम-२ मा १५ वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनकाे लागी ७ जनाको नाम सिफारिस गरेको छ ।

मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले सात जना आकांक्षीको नाम सिफारिस गरेको हो।

सिफारिस हुनेहरूमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका उपसभापति खगेन्द्र देवानले बताए । उपसभापति देवानका अनुसार आएका नामलाई ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने छ । प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउने छ ।

पहिलो नम्बरमा सिफारिस भएका आचार्य काँग्रेस महासमिति सदस्य तथा २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित उम्मेदवार हुन् ।

खड्का २०७९ सालको निर्वाचनमा नेम्वाङसँग पराजित उम्मेदवार हुन् । त्यस्तै केशव थापा पूर्वसांसद तथा पूर्वराज्यमन्त्री हुन् । नगेन्द्र कुमाल नेपाल आदिवासी जनजाति महांघको पूर्वअध्यक्ष हुन् ।

प्रकाशित मिति:March 20, 2024