आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस

  Sampatti News

March 21, 2024

काठमाडाै । आज २१ मार्च अर्थात् अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस देशैभर मनाईदै छ ।

संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो ।

तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यका साथ विभिन्न जिल्ला र ग्रामीण स्तरमा समेत विभिन्न कार्यक्रम आयोजना हुदैछन् ।

प्रकाशित मिति:March 21, 2024