आगोमा जलेर घाइते बाबु छोरीको मृत्यु

  Sampatti News

March 21, 2024

कालीकोट । कालीकोटमा आगोमा जलेर घाइते बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्ती रहेकी छिन् ।

खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाबु छोरी जलेर गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति:March 21, 2024