कक्षा १२ मा अध्ययनरत एक युवतीकाे घाँटी रेटी हत्या

  Sampatti News

March 21, 2024

सुनसरी । धरानमा कक्षा १२ मा अध्ययनरत एक युवती घाँटी रेटी हत्या गरिएका छन् । धरान उपमहानरपालिका–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो सव फेला हाे । उक्त शव धरान–१६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठको भएको सुनसरी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार युवती धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन्। ‘उनको हत्या कसरले किन गर्यो खुलेको छैन,’ मल्लले भने, ‘हामीले सुस्म ढंगले थप अनुसन्धान अघि बढाएका छौँ। मृतक युवतीका अभिभावक आज जाहेरी लिएर यहाँ आउँदै हुनुहुन्छ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। ‘घटनामा संलग्न चाँडै पक्राउ पर्छन्। यस विषयमा थप विवरण अाउन बाकी नै छ । घटनापछि त्यस क्षेत्रका केही मान्छे फरार छन्। प्रहरीले उनीहरुमाथि अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रकाशित मिति:March 21, 2024