बियरको पैसा तिर्ने विषयमा विवाद हुँदा साथीको हत्या

  Sampatti News

March 21, 2024

धनुषा । बियर खाएर साथीबीच विवाद चुलिएपछि धनुषामा एक युवाको हत्या भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–२ स्थित भारतीय सीमाभन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले नदाफलाई दुई जना साथीले घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताउनुभयो । उहाँले हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका २० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

रमजानको समय सकिएपछि तीन जना साथी मिलेर घर नजिकै रहेको आँप बगैँचामा मादक पदार्थ सेवन गरी फर्किने बेला विवाद भएको थियो । विवाद हुँदा दुई जनाले साथी नदाफको घाँटीमा चक्कुले प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट घाइते भएका नदाफलाई उपचारका लागि भारत लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको भएकाे थियाे ।

नदाफको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति:March 21, 2024