निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मल्ल निर्वाचित

  Sampatti News

March 21, 2024

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघमा नयाँ कार्यसमिति गठन भएको छ । संघको चैत ७ गते सम्पन्न आठौं बार्षिक साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको हो । उक्त सभाले आगामी दुई वर्षको लागी राजेन्द्र मल्ललाइ नयाँ कार्यसमितिमा सर्वसम्मतले चयन गरेको हो।

काठमाडौंमा सम्पन्न संघको ८ औं वार्षिक साधारण सभाबाट नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत रहेका राजेन्द्र मल्लको नेतृत्वमा नेपाल निर्जीवन बीमा व्यवसायी संघको कार्यसमिति गठन भएको हो । मल्ल प्रभु इन्स्योरेन्सको तर्फबाट निर्वाचित भएका हुन् ।

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मल्ल निर्वाचित हुँदा उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास मूल र महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ चयन भएका छन् । यसैगरी संघको कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रशेमकुमार निरौला निर्वाचित भए । संघको ८ औं वार्षिक साधारण सभाबाट यूनाइटेड अजोडका आजाद श्रेष्ठ, सिद्दार्थ प्रिमियर इन्स्योरेन्सका पवन अग्रवाल र सानिमा जनरलका कुनाल कयाल सदस्यहरूमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति:March 21, 2024