घट्यो सुनको मूल्य, तोलामा कति पर्छ ?

  Sampatti News

March 22, 2024

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेर एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

बिहीबार एकै दिन २६ सयले बढेर प्रतितोला एक लाख २७ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ९ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला एक लाख २६ हजार २ सय थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर एक हजार ५ सय तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:March 22, 2024