काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झासहित २० जनाविरुद्ध करिब एक अर्बको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यस्तै पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्र, प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
एमडीएमएस खरिदबारे गत मंसिरमा सञ्चार मन्त्रालयबाट छानबिन भएको थियो । छानबिनको नेतृत्व गरेका फ्रिक्वेन्सी व्यवस्थापन महाशाखाका सहसचिव गौरव गिरीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा खरिद प्रक्रिया इलेक्ट्रोनिक पद्धतिमा नगएको हुनाले समितिलाई अध्ययनका लागि उपलब्ध राएका कागजाताको प्रमाणीकरण स्वतन्त्र रुपमा गर्न नसकेको बताएका थिए ।
२०७४ सालदेखि प्राधिकरणले एमडीएमएस प्रविधि खरिद प्रक्रिया थालेको थियो । तर, प्राधिकरणले राजस्वसँग सम्बन्धित क्षेत्रमा खरिद गरेर क्षेत्राधिकार मिचेको पाइएको छानबिनमा देखिएको गिरीले बताएका थिए ।
यस्तै, २०७६ साल असार १९ मा खरिद प्रक्रियाका लागि सम्झौता भएको थियो, जसअनुसार त्यही वर्षको पुस १८ भित्र जडान सम्पन्न, सप्लाई, डेलिभरी, इन्स्टलेसन, कमिसन लगायत टुंगिनुपर्नेमा हालसम्म काम सकिएको छैन ।
आयोगले ९१ करोड ९८ लाख ३० हजार ८८२ बिगो दाबी गरेर बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
‘२० जनालाई प्रतिवादी बनाएर झण्डै ९२ करोड बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।