April 1, 2024
हेटौंडा । नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेटलाई विश्वासको मत नदिने भएको छ ।आइतबार बसेको वाग्मती प्रदेशसभा एकीकृत समाजवादी संसदीय दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।
मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, नेकपा (एस) ७, हाम्रो नेपाली पार्टीको २ मत छ । एकीकृत समाजवादीले मत नदिए जम्कट्टेललाई विश्वास मत पुग्दैन ।
कांग्रेस, राप्रपा, नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।
प्रकाशित मिति:April 1, 2024
November 24, 2024