April 1, 2024
मेष : दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक रोजगार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुमधुर बन्नेछ।
वृष : खराब व्यक्तिको संगत छोड्नु राम्रो हुन्छ। निर्णय गर्नु अगाडि धेरै सोच्नुपर्ने दिन छ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उत्साह देखिन्छ। व्यापार व्यवसायमा फाइदा हुनेछ।
मिथुन : बुद्धिमतापूर्ण निर्णय भएमा सोचेको काम बन्नेछ। संगीत क्षेत्रमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। पारिवारिक सम्बन्धमा सुमधुर बन्नेछ।
कर्कट : आफ्नो कामको निर्णय आफैंले गर्नुपर्ने दिन छ। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्य राम्रो छ। प्रेम सम्बन्ध र दाम्पत्य जीवनले खुशी दिनेछ।
सिंह : साथीले सहयोग गर्नेछन्। यात्राको योग रहेको छ। शिक्षामा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : खानामा विशेष ख्याल गर्नुपर्ने दिन छ। दबाब र प्रभावका कारण मन शान्त नहुनसक्छ। सबै क्षेत्र अनुकुल छन्। मनमा उत्साहा र उमंग बढ्नेछ। सहकार्यमा गरेको व्यापारले फाइदा हुनेछ।
तुला : शिक्षा, स्वास्थ्य, व्यापार र वैदेशिक रोजगारीको क्षेत्रमा उत्साह मिल्नेछ। परिवारको साथ रहनेछ। मिठो खान पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : रोकिएका काम बन्नेछन्। मन खुशी हुनेछ। साथी र आफन्तसँगको भेट रमाइलो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।
धनु : धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ। गुमेको धन हातलाग्ने योग छ। पारिवारिक सम्बन्ध राम्रो बन्नेछ। आफ्नो दक्षता र सीप अनुसारको काम गर्दा फाइदा हुनेछ।
मकर : खर्च बढ्ने योग छ। सञ्चित धनमा क्षति पुग्ने देखिन्छ। आफ्नै बोलीले आफन्त टाढा हुनसक्छन्। मन खुशी हुने काम दिउँसो बन्नेछ।
कुम्भ : बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। आर्थिक र शैक्षिक क्षेत्रमा समस्या देखिए पनि पारिवारिक क्षेत्र राम्रो देखिन्छ। सोचेको काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ।
मीन : मित्रसँग भेट हुनेछ। आजको भेटमा सुख र दु :खका कुरा हुनेछन्। यात्रा सफल हुनेछ। अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ।
प्रकाशित मिति:April 1, 2024
November 22, 2024