प्रत्यक्ष प्रधानमन्त्री माग्दै हर्क साम्पाङको एकल विरोध प्रदर्शन

Nepal Cover
२० चैत्र २०८०, मंगलवार
image

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा एकल प्रदर्शन गरेका छन्। उनले आज बिहानै सडक किनारमा एक्लै उभिएर प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा वकालत गरेका छन् ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गर्दै साम्पाङले मंगलबार काठमाडौँमा प्रदर्शन गरेका हुन्।

उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका हुन्। ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ।

यो बीचमा उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटे ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई उनले सोमबार बिहान बालुवाटार पुगेर भेटेका हुन्। भेटमा खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल साइट र उद्योग लगायतका माग राखेका थिए

https://www.facebook.com/permalink.php?story_fbid=951250640130000&id=100057352183960&ref=embed_post