एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Nepal Cover
२० चैत्र २०८०, मंगलवार
image

काठमाडौं । पाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

पार्टीको १० औँ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी मतदान प्रक्रियाबाट अध्यक्षमा चुनिएका हुन् । सर्वसहमतिबाट नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो ।

निवर्तमान अध्यक्ष कमल नेपाल १४ मतान्तरले पराजित भएका छन्। श्रेष्ठले तीन सय ६३ मत ल्याउँदा नेपालले तीन सय ४९ मत ल्याए। एमालेमा श्रेष्ठलाई कट्टरपन्थी नेताको रूपमा लिइन्छ। अध्यक्ष ओलीका निकट मानिने श्रेष्ठ जुगल गाउँपालिका पूर्वअध्यक्ष हुन्।

अधिवेशनबाट उपाध्यक्षमा अर्जुन भण्डारी निर्वाचित भएका छन् । यसै गरी सचिवमा कृष्णगोपाल तामाङ निर्वाचित भएका छन् ।

उपसचिवमा शिवहरि सापकोटा र सुशीला पाख्रिन छानिएका छन् । अधिवेशनबाट १ सय १ सदस्सीय जिल्ला नेतृत्व चयन भएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।