पिएसजी फ्रेन्च कपको फाइनलमा

  Sampatti News Online

April 4, 2024

काठमाडौं। पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ।

केलिएन एम्बाप्पेले गरेको एकमात्र गोल निर्णायक हुँदा पेरिस सेन्ट जर्मेइन (पिएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ।

गए राति सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

पिएसजीको जितमा खेलको ४०औँ मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। अब पिएसजीले फाइनलमा आगामी मे २५ मा लियोनको सामना गर्ने छ।

प्रकाशित मिति:April 4, 2024