गाउँपालिका अध्यक्षसहित तीन जनालाई भ्रष्टाचारमा सफाइ

Nepal Cover
२३ चैत्र २०८०, शुक्रबार
image

काठमाडौं । घुसको मुद्दामा गाउँपालिका अध्यक्षसहित तीन जनाले सफाइ पाएका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादब, लेखापाल टेकनारायण यादब र एमआइएस अपरेटर वीरेन्द्र कुमार यादबले बिशेष अदालतबाट शुक्रबार सफाइ पाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग रु दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते लेखापाल टेकनारायणलाई पक्राउ गरेको थियो। आयोगको टोलीले उनीसँग थप रु तीन लाख बराबरको चेक समेत बरामद गरेको थियो।

अनुसन्धानको क्रममा गाउँपालिका अध्यक्षकै मिलेमतोमा पैसा लिएको खुलेपछि उनलाई पनि प्रतिवादी बनाई मुद्दा दायर भएको थियो । सोलार बत्ती जडान योजनाको भुक्तानीका लागि उनीहरुले घुस लिएका थिए । तर, अदालतले प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो ।