गोली हानेर पुजारीको हत्या

  Sampatti News

August 20, 2020

रौतहट । रौतहटको एक पुजारीको हत्या भएको छ । जिल्लाको माधवनारायण नगरपालिकामा २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।
बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हाजी हत्या गरेका प्रहरीलेि जनाएको छ।

बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

प्रकाशित मिति:August 20, 2020