प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
२८ चैत्र २०८०, बुधबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको कास्कीकोटस्थित एक प्राथमिक विद्यालय (प्रावि)का प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  

कास्कीकोटस्थित श्री सदाशिव प्राविका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी र लेखापरीक्षक कृष्णप्रसाद गौतमविरुद्ध अख्तियारले बुधवार विशेष अदालत काठमाडौंमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरेको हो ।

साविक कास्कीकोट गा.वि.स वडा नं १ स्थित सदाशिव प्राथमिक विद्यालयका प्रधानाध्यापकले हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको, लेखापरीक्षण प्रतिवेदन यथार्थ नभएको, विद्यालय व्यवस्थापन समितिले लेखापरीक्षण प्रतिवेदनमा भएको शङ्काको बारेमा निर्णय गरेकोमा उक्त प्रतिवेदनमा पनि स्क्यानिङ गरीशीर्षक मिलान गरेको अख्तियारको दाबी छ । वद्‌नियतले विद्यालयको रु.३ लाख, ७७ हजार, २३६ हानि नोक्सानी गरी भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।