आज इद–उल फित्र मनाइँदै, सार्वजनिक विदा

  Sampatti News

April 11, 2024

काठमाडौ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।

इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । यो तथ्याङ्क अपूर्ण भएको आरोप मुस्लिम समुदायले लगाउँदै आएका छन् ।

सरकारले इदकाे अवसरमा देशभर सार्वजनिक विदा दिएकाे छ ।

प्रकाशित मिति:April 11, 2024